आयो होला याद तीजमा माइतीघरको बैनी

आयो होला याद तीजमा माइतीघरको बैनी
ती रमाइला दिनहरु सम्झिरहें मै नि


कतिखेर आइपुग्ला यो तीजमा लिन
भनी बाटो हेर्यौ हौली दर खानेको दिन
तीजकै दिन पनि धेरै गर्यौ हौली आशा
दुःख मान्दै रोयौ हौली भएर निरासा

परदेशिने बेला तिम्लाई खबर गर्न पाइन
छोटो समयले गर्दा भेट हुन नि आइन
सानो मन नगर है माइती नआउँदा
आउन पाइन यसपालि परदेशी हुँदा

गाउँमा छँदा मेला हेर्न पुग्थ्यौं कहाँ–कहाँ
परदेशीलाई के तीज–तिहार के चाडपर्व यहाँ
गाउँका साथी–संगी सम्झी ड्युटी गरिरहा’छु
सम्झिएर परदेशीको झरी बन्छ आँसु

लाग्दो होला यतिबेला भञ्ज्याङ्गमा मेला
गाउँदै होलान् चेलीहरु यो तीजको बेला
नाच्दा होलान् मादलुको तालमा छम–छम
रमाउदै साथी–संगी एक–आपसमा

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
Get the Flash Player to see this player.

No comments:

Post a Comment