गजल ५ (नपाउनेले केरा पायो, बोक्रैसँग खायो)

जब सबको पहूँचमा इन्टरनेट आयो
नबुझ्नेले बुझ्न पायो, खुशियाली छायो


सुचना र ज्ञानगुनको महासागर भन्छन्,
सागरबाट सबले त्यही फेसबुक चाह्यो

फेसबुकै इन्टरनेट हो, भन्दारै’छन् कति
त्यही हेर्दा–हेर्दै कति जीवन जान लायो

जस्तो चाह्यो, त्यस्तै साथी भेट गराउने
फेसबुकले बुढो बैंश फर्काएर ल्यायो ।

फेरिदैछ यो दुनियाँ फेसबुकले गर्दा,
‘रोइला’ गाउन लजाउनेले ¥याप पनि गायो

जब सबको पहूँचमा इन्टरनेट आयो
नपाउनेले केरा पायो, बोक्रैसँग खायो


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment