गजल ४५ (बाह्र वर्षदेखिको मुद्धा हेरिएन)

आज पनि उस्तै छ, ऋतु फेरिएन
बाह्र वर्षदेखिको     मुद्धा   हेरिएन


भत्किएको पर्खाल भत्किएरै रह्यो
जीर्णोद्धार   गरेर    घर      घेरिएन

भाषणमा क्रान्तिकै कुरा गर्छे ऊ त
जनताको   आदेश   उस्तै   टेरिएन

सामन्तीकै चाकडी गर्ने क्रान्तिबाट
यो  सामन्त-वादको   गला सेरिएन

सार्वभौमिकतामा  बाँच्न  चाहनेको
यौटै  साझा  शुत्र खै  अझै   बेरिएन


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment