गजल ५५ (आकाशको फल त्यो पाऊँ कसरी)

भत्किएको घरमा जाऊँ कसरी
नरुचेको भोजन खाऊँ कसरी


जून छाडी चम्किलो तारा रोजेर
आकाशको फल त्यो पाऊँ कसरी

नेपालमा हुर्केकी सोझी चेली म
अमेरिकी ¥याप यो गाऊँ कसरी

के गाह्रो छ जोतेर खान भन्थें म
अब दुई बहर        दाऊँ कसरी

साँवा जत्रो त अब ब्याजै भएछ
ब्याजै मायाँ मारेर आऊँ कसरी


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment