गजल ६९ (आफ्नो लागि आफै लागी परेर देखाउनु पर्छ)

अब सबै अघि–अघि सरेर   देखाउनु पर्छ
मनोक्रान्तिकारी बीज छरेर देखाउनु पर्छ
भाषणको भव्यतामा कुर्लने–हरुको के अर्थ ?
ब्यवहारबाट पनि गरेर          देखाउनु पर्छ

क्षमता छ, कला, शिल्प, सुशैली, मिहिनेत पनि,
सिर्जनाका बुट्टाहरु भरेर               देखाउनु पर्छ

कति लेखे, लेखे लेख्नेहरुले गंगा तरें भन्दै
कुसोंचको कालो गंगा तरेर     देखाउनु पर्छ

कोही हुन्न, यहाँ सबै स्वार्थमा बाँचिरहेका छन्
आफ्नो लागि आफै लागी परेर    देखाउनु पर्छ


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment