गजल ७५ (तर पनि यो दिलको माग यही छ)

नमेटिने निधारमा दाग यही छ
यो भाग्यमा पाइएको भाग यही छ

बजारमा के छ ताजा सबै सुकेका
बल्ल तल्ल भेटिएको साग यही छ

चुडी लग्यौ फूल पूजा गर्न अर्कैको
सुवासको नबिर्सने राग यही छ

दिलभरि पराईको नाम रहेछ
तर पनि यो दिलको माग यही छ


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment