अन्यायिक आतंकमा जलिरहेछ

अनुशासन
नैतिक चरित्र
र आदर्शमाथि
आडम्बरको आरोप लाग्न थालेपछि
समाजले सिकाएको खोक्रो आदर्शको भारी थन्क्याएर
आदर्श पुरुषको चाहना चौपट पार्दै,
प्रज्वलित चिराग लिएर
अँध्यारोको फाइदा उठाउनेहरुलाई
उज्यालोमा उभ्याएर
विकृतिहरुलाई निरुत्साहित गर्दै
शिक्षित,
सभ्य,
समुन्नत,
र सुसंस्कृत समाजको कल्पना र सपनाहरुमा
बाध्यता,
परिस्थिति,
र विकृत संस्कारले
शासन गर्न थालेपछि
अग्निसरिको रापमा पनि रमेर पनि,
पत्थर खाँदै
पसिनाले पखालेर
पवित्र पारिएको पसिनाको प्रतिफलमा
गिद्धे नजर लगाउनेहरुको
कुदृष्टिमा
द्धैध चरित्रधारीहरुले
आफै बोक्सी, आफै धामी बनेर
रचेको नियोजित षड्यन्त्रको चंगुलमा
गधालाई धोएर गाई
र गाईलाई हिलोमा हालेर गधा बनाउँदा,
सामन्तका संरक्षकहरुलाई
कुम ठोक्दै नाच्ने अवसर उपलब्ध गराएपछि
हिजो नारी समानताको मुद्धा मजवूत हुनुपर्छ भन्ने
नारीवादको नारासमेत लगाउन पछि नपर्ने
स्मृतिरोगी
आज गैह्र नारीवादी बन्न बाध्य छ ।

साध्य,
सिद्धान्त,
र प्रकृयागत विधि तथा प्रणालीको
नीतिगत मर्यादा गर्न नजानेकाहरुले
यस्तो स्थितिमा
सतही अध्ययनको आधारमा
यो बबुरोलाई
पुरुषवादको अधिनायक पनि भने ।
‘तेरो गला रेट्ने तरवार पनि तयार छ मसँग’ भन्नेहरुपनि
यही पृष्ठभूमिमा
बुर्जुवा शिक्षाको बाक्ला–बाक्ला प्रमाणपत्रहरु लिएर
मपाईत्वको महानतामा बद्ख्याई गर्दै
सिंहिनी बनेर गर्जिरहे ।
आखिर, ती तरबारधारीहरुलाई
के थाह ?
अचानोको आशय !
वेवकुफीका विद्धानहरुको बाक्लो बस्ती भएको
वञ्जर वगरका वासी ‘चिकन’ र ‘जंक फुड’ मा रमाउने
हरिया कृत्रिम वृक्षको ओझेलमा
शीतलता ताप्नेहरुलाई के थाह ?
विद्रोहको बीउ के हो भन्ने कुरा !

तथ्य,
उही सिद्धान्तभन्दा
स्वार्थ सजाउन सक्रिय रहने
संकीर्णताभित्र सडेका शिक्षित मष्तिस्कहरु
भौतिक द्वन्द्ववादपछिको
सर्वहारा जनवादी अधिनायकत्वको चरणमा
नवसामन्तवाद देख्नेहरु
सामाजिक सञ्जालभित्र खुब कुर्लन्छन्,
तथ्य न तुकको तर्कमा
देश
सामन्तवादकै पगरी गुँथ्ने
फटाहा नेताले बिगा¥यो भन्दै
अनि,
यथास्थितिवादको जडताभित्र
जतनसँग राखिएको
लुट
अनि गुटको पर्दाफास गर्दा
विरोधी स्वरहरु निकाल्ने
राष्ट्रघाती मतियारहरु
आफूमाथि प्रहार हुनसक्ने
रामबाण तर्काउन
उफ्रन थाल्दा
हो मा हो मिलाउन थाल्छन् ।
मलाई भन्न मन लाग्छ,
सोध्न मन लाग्छ,
हे अबुझ हो,
यिनको अखडा सुरक्षित राखेर
कसरी आमूल क्रान्तिकारी परिवर्तनको अपेक्षा गर्छौ ?
तसर्थ,
देश बिगार्ने उनीहरु मात्र हैनन्,
स्वार्थका लागि
बिक्दा र बिकाउँदा
हामी
सचेत र जिम्मेवार नागरिक बन्न नसक्दा
राष्ट्रियताका लागि एकजुट हुन नसक्दा
हामीले नेतालाई बिगा¥यौं ।
अनि बल्ल नेताहरुले देश बिगारे,
जिम्मेवार हामी पनि छौं ।

यही बिगारभित्र
विकसित
न्यायको
अवैध,
अघोषित
अस्वाभाविक
र अमर्यादित
ब्यापारको विगविगीमा
थुप्रै स्मृतिरोगीहरु
अन्यायको आतंकमा
अनाहकमा जलिरहेछन्
न्यायिक ठेकेदारहरुको सुनियोजित शिकार भएर ।


योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’

#smritisangraha #smritirogi #smritibasti #smritikuti #smritishaiya

No comments:

Post a Comment