गजल ७० (उद्घाटित रहस्यः वदला)

चोखो मुटु अन्तै सा¥यौ बधाई छ मायाँ
जे थ्यो सपना सिंगा¥यौ बधाई छ मायाँ


फकाई–फकाई रुख चढाई फेद ढलाएर
प्रेमीलाई ज्यूँदै मा¥यौ बधाई छ मायाँ

दुनियाँको नजरमा छारो हालेपछि,
जीतै–जीत हात पा¥यौ बधाई छ मायाँ

दया, मायाँ र सहानुभूति बटुलेर
गोही आँसु धेरै झा¥यौ बधाई छ मायाँ

सबैलाई खुल्ला हुन्छ दिलको द्वार आज
मलाई मात्र बार बा¥यौ बधाई छ मायाँ

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment