केन्द्र हैन म त आफ्नै ठाउँको कुरा गर्छु
भ्रष्टाचार मौलाएको गाउँको कुरा गर्छु
कति हुन्छन् अपराध पर्दाभित्र यहाँ
छोरी मार्ने बलत्कारी बाउको कुरा गर्छु
अस्वस्थ छ प्रतिष्पर्धा कुर्सी लडाउने
आफू माथि जान खोज्ने दाउको कुरा गर्छु
मान्छेहरु स्वार्थ लुट्न के पो गर्दैनन् र ?
चाकडीमा मल्नु पर्ने पाउको कुरा गर्छु
मानवको तस्करमा कुम्ल्याउँथ्यो धन
आज त्यही समाजसेवी नाउँको कुरा गर्छु
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
भ्रष्टाचार मौलाएको गाउँको कुरा गर्छु
कति हुन्छन् अपराध पर्दाभित्र यहाँ
छोरी मार्ने बलत्कारी बाउको कुरा गर्छु
अस्वस्थ छ प्रतिष्पर्धा कुर्सी लडाउने
आफू माथि जान खोज्ने दाउको कुरा गर्छु
मान्छेहरु स्वार्थ लुट्न के पो गर्दैनन् र ?
चाकडीमा मल्नु पर्ने पाउको कुरा गर्छु
मानवको तस्करमा कुम्ल्याउँथ्यो धन
आज त्यही समाजसेवी नाउँको कुरा गर्छु
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
No comments:
Post a Comment