जीवनमा तुषारा–पात भएको छ
अन्धकार औंसीको रात भएको छ
पीडा, ब्यथा, वेदना असह्य छ यहाँ
चोटै–चोटहरुको खात भएको छ
आँसु कति पिउनु, सही जिउनु छ
औषधिको नाउँ नै मात भएको छ
हुन्न रै’छ भरोसा आफ्नैहरुको नि
विश्वासको आडमा घात भएको छ
पापी, घाती, फटाह, अनि खराब रे
यस्तै यस्तै सर्वत्र बात भएको छ
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
अन्धकार औंसीको रात भएको छ
पीडा, ब्यथा, वेदना असह्य छ यहाँ
चोटै–चोटहरुको खात भएको छ
आँसु कति पिउनु, सही जिउनु छ
औषधिको नाउँ नै मात भएको छ
हुन्न रै’छ भरोसा आफ्नैहरुको नि
विश्वासको आडमा घात भएको छ
पापी, घाती, फटाह, अनि खराब रे
यस्तै यस्तै सर्वत्र बात भएको छ
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
No comments:
Post a Comment