बुलन्दोन्मुख जनआवाज (परिवर्तनकारी जनगीत)

निमुखालाई भ¥याङ्ग बनाई माथि जानेहरु
निरीहको शोषण गर्दै सत्ता खानेहरु
होसियार ! होसियार !! होसियार !!!
जनताले विस्तारै चाल पाउँदैछन्
निर्णायक संघर्षमा फेरि आउँदैछन् ।

सत्ता प्राप्ति मोहमा स्वार्थ डुलाएर,
अनेकौं ती आश्वासनमा जनता भुलाएर,
जनतामा भ्रमपूर्ण कार्य–नीति छर्नेहरु
कार्यान्वयन प्रकृयामा संधै पछि पर्नेहरु

नयाँ धारमा राजनीतिको मार्ग लिनेहरु,
महत्वाकांक्षी प्रलोभनमा धोका दिनेहरु,
होसियार ! होसियार !! होसियार !!!
जनताको घैंटामा घाम लाउँदैछ
संघर्षको मैदानमा फेरि आउँदैछ

गलत सोंच र प्रवृत्तिका अनुयायीहरु
दक्षिणपन्थी, यथास्थितिवाद, नोकरशाहीहरु
राष्ट्रियताको नाउँ फलाक्दै गर्नु रँजाइ गर्यौ
प्रतिगामी षड्यन्त्रमा राष्ट्र नै बिगार्यौ

प्रतिगमनतर्फ देशलाई मोड्न चाहनेहरु,
परिवर्तनकामी विरुद्धमा जानेहरु,
होसियार ! होसियार !! होसियार !!!
राष्ट्रिय चेतनामा सुधार आउँदैछ
मूक्तिका लागि अन्तिम क्रान्ति आउँदैछ्

राजनीतिको छायाँमा राष्ट्र भुल्नेहरु,
राष्ट्रघाती कदम चाल्न स्वार्थमा झुल्नेहरु,
होसियार ! होसियार !! होसियार !!!
जनताको क्रान्तिकारी मोर्चा आउँदैछ
जनताले नै देशमा परिवर्तन ल्याउँदैछ

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment