चाडबाडहरु आउँदा...

वैरागी जीवन उदास यो मन आउँदैन वहार
किन पो आउँछ यो दुःखीलाई तीज र तिहार


चाडपर्व आउँछ, हर्षोल्लास छाउँछ सबैको मन्मन्मा
कागलाई बेल पाक्दा, हर्ष न विस्मात यो मेरो जीवनमा
दुःखीको साथी आँसु र रोदन वेदना सहारा
दुःखमै रम्दै लिएर हिड्छु मलिन मुहार

जुरेन भाग्य यो भाइटिका खुशी भै मनाउने
बञ्जर जीवन वसन्तमय कसरी बनाउने
भन्दछन् सबै ‘खुशी भै रम, हिम्मत नहार’
कसरी ल्याउँ यो जीवनभित्र वसन्त वहार

मखमली फुल्छ, देउसी र भैलो सबैको घर–घरमा
औंसीको कालो अन्धकार छायो यो मेरो संसारमा
किन हो दैव बुझ्दैनौ तिमी मार्मिक पुकार
टुल्टुलु हेरी रहन्छौ मात्रै हृदय–संहार

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
Get the Flash Player to see this player.

No comments:

Post a Comment