गजल १७ (हामी हिडेको बाटो कहाँ बिर्सन्छु र)

हामी हिडेको बाटो कहाँ बिर्सन्छु र ?
आफ्नै देशको माटो कहाँ बिर्सन्छु र ?


खनी खोस्री गरे नि, चल्छ गुजारा त,
गैरी खेतको पाटो कहाँ बिर्सन्छु र ?

आफ्नै बारीमा फल्ने अन्नबाट बन्ने
रोटी, ढिंडो र आँटो कहाँ बिर्सन्छु र ?

छैन मैले बिर्सेको तिमीलाई पनि,
ओठमाथिको टाटो कहाँ बिर्सन्छु र ?

 हामी हिडेको बाटो कहाँ बिर्सन्छु र ?
आफ्नै देशको माटो कहाँ बिर्सन्छु र ?

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment