गजल ६७ (हतियार भित्रैसम्म छिरेपछि चाल पाएँ)

छाती छेडी मुटु पनि चिरेपछि चाल पाएँ
हतियार भित्रैसम्म छिरेपछि चाल पाएँ


ज्यानै लिई भाग्ने थियो होला पक्कै षडयन्त्र
आधुनिक हतियार         भिरेपछि चाल पाएँ

सम्मानले शिर झुक्थ्यो ऊप्रति त मेरो अति
आज आफै सडकमा       गिरेपछि चाल पाएँ

बजारमा राखेकी थें, मोल–तोल गर्दै मायाँ
सम्पन्नले लाखौं मुल्य तिरेपछि चाल पाएँ

‘नामर्द’को संज्ञा दिएँ आशा मेरो नपुगेर
‘लजाएको फल’ बुद्धि फिरेपछि चाल पाएँ


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment