जय ! जय ! धन

संसारमा ठूलो भन्नु यही पैसा रै’छ
मोजमस्ती सुखसयल पैसावालकै छ


धन भए भौतिक सुख विलास कति–कति
धन भए जीवनले लिन्छ अग्रगति
नाता, पहूँच, न्याय चाहे पाइन्छ धनले किन्न
धन भए मानिसको जीवनशैली भिन्न


आफ्नाहरु धेरै हुन्छन् धनले दुःख पर्दा,
पराई हुन्छन् तीहरु सब धन अभावले गर्दा
दृष्टिकोण नै अलग हुन्छ धनको सामू सबको
हरेक ठाउँमा श्रेष्ठता छ धनको प्रभावको


मीठो मायाँ पाइन्छ धनले, साथ सुमधुर
जीवनमा प्रेमसन्तुष्टि मिल्छ भरपूर
आपत विपत पर्दा पाइन्छ सहयोगी हात
सबै पाइने यो धन कुन्नि कस्तो खालको जात


को चाहन्न धन सबै थोक भएपछि,
समस्या सब सहज हुन्छ पैसा भएपछि,
समस्यामा समाधानको साधन रै’छ धन
अब सबले भन्न थालौं जय ! जय ! धन


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(धनकै मामिलाका कारण प्रेम–वियोग खेप्नु परेपछि केही वास्तविकता र केही ब्यंग्यात्मकता प्रस्तुत गर्दै)

No comments:

Post a Comment