गजल ५० (जिन्दगीमा चाकडीको घुम्टो ओढिएन)

बाटाहरु मोडिए नि     यात्रा मोडिएन
जिन्दगीमा चाकडीको घुम्टो ओढिएन


सानैदेखि ‘गायत्री’को  मन्त्र जप्ने गर्थें
आज  जहाँ  पुगेपनि    जप्न छोडिएन

आँधीखोलासँग मेरो   पुरानै हो नाता
ठाक–ठुक परे पनि    कैल्यै तोडिएन

पिरतीको फूल रोप्दा राम्रै लाग्थ्यो बउि
फष्टाएन, कारण थ्यो, गोड्दै–गोडिएन


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment