गजल ६० (कति भाँती नामर्द देख्यौ र तिमीले)

साँच्चै उच्च शिखर टेक्यौ र तिमीले
कति भाँती नामर्द   देख्यौ र तिमीले


संसार नै नचल्ने हो कि झैं पो ग¥यौ
हत्केलाले सूर्य नै    छेक्यौ र तिमीले

बुई चढ्दै वलिको      बोकै त भएछौ
आजसम्म विधान लेख्यौ र तिमीले

मानवता बिर्सेछौ,      मातमा मातेर
घाइतेको त्यो घाउ सेक्यौ र तिमीले


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(मलाई ‘नामर्द’ को संज्ञा दिनेप्रति समर्पित)

No comments:

Post a Comment