गजल १४ (कैयौं वलिदानी यहाँ गरेर के भयो)

कैयौं वलिदानी यहाँ गरेर के भयो त ?
सिंगै देश सडकमा झरेर के भयो त ?


आमूल परिवर्तन हुन्छ, भन्थे यहाँ सबै,
जनतामा झुटो आशा छरेर के भयो त ?

शोषकको शासनले जनता मुक्त छैनन्
राजतन्त्रको अधिकार हरेर के भयो त ?

संविधान लेख्न खटिनेले के गरे त खै ?
जनताले ज्याला मात्र भरेर के भयो त ?

पाँचतारे सुविधा रे नेतालाई जहाँ पनि,
भ्रष्ट्राचारीहरु जेल परेर के भयो त ?

पुनरागमन
घायल स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
मरुभूमिको नारकीय बस्तीबाट
(केही समय अगाडिको प्रयास)
Get the Flash Player to see this player.

No comments:

Post a Comment