गजल ६२ (अर्थहीन लेखन खार्न खोज्दैछु)

आफूलाई दरिलो पार्न खोज्दैछु
अर्थहीन लेखन खार्न खोज्दैछु

मनभित्र रहेका   विकार वस्तु
उखेलेर पाउमा झार्न खोज्दैछु

सम्भावना बोकेका आशाहरु ती
उठाएर शिरमा    सार्न खोज्दैछु

निष्ठुरीका यादका बाटाहरु नि
अब काँडे तारले बार्न खोज्दैछु

अझै पनि यो आत्मा    भनिरहे ऊ
आफ्नो आत्मा आफैले मार्न खोज्दैछु

कहाँ छ र सजिलो  भुल्न भनेझैं
यस्तै–यस्तै गरेर टार्न खोज्दैछु


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(गजलीय संरचनात्मक शुत्र ‘४ + ३, २ +३’ को प्रयोग यथासम्भव गर्ने कोशिष गरें ।)

No comments:

Post a Comment