गजल ७४ (आफ्नी प्रेमिकाले यसो भन्दा...)

निम्तो हुन्छ विहेमा वर देखाउदिन
प्रीति–भोज भएको घर देखाउदिन



विजातीय विहे नै हुन्छ मेरो पक्कै
त्यो पछि त नाम र थर देखाउदिन

प्रेम गर्छौ तिमीले, मैले पनि गर्छु
छि ! नामर्द लाई म भर देखाउदिन

घोडा चढ्ने मेरो त सुनकै छ हात्ती
सबैसँग भनेछु तर देखाउदिन

लिनुपर्ने स्वार्थ हो लिइसकेपछि
हत्या गर्छु दिलको डर देखाउदिन

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment