गजल ८३ (तिमीजस्तो ‘नामर्द’ को के अर्थ छ यहाँ)

गर्न छोड चियो–चर्चो, गस्ती जिन्दगीको
मन पर्दैन तिम्रो उजाड बस्ती जिन्दगीको


विन्दासको जिन्दगी यो कति रमाईलो छ
जति सक्दो उठाउनुछ मस्ती जिन्दगीको

तिमीजस्तो ‘नामर्द’ को के अर्थ छ यहाँ
विकल्पमा हजारौं छन् हस्ती जिन्दगीको

तिमी आफ्नै स्तरमा फर्किएर जाऊ
भो नदेख सपना म जस्ती जिन्दगीको

सक्छौ भने ढुंगा बन्न सिक तिमी पनि
बिर्स अब सबै हिजो–अस्ति जिन्दगीको

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment