गजल ३ (मलाई'तपाईं'चाहिदैन)

मलाई'तपाईं'चाहिदैन मनले 'तँ' भन्नेको,
अघि अघि लपक्क भै पछि जरो खन्नेको


मुल्याङ्कनै काफी हुन्छ, व्याख्या छैन जरुरी
निस्वार्थता छाँटी छाँटी अहं स्वार्थी बन्नेको

देखाउदैमा उदारता म कसरी मान्नु र?
रुपैया नै प्यारो भन्दै डलरहरु गन्नेको

समाजको नजरमा छैन पर्दा लागेको,
अस्मिता नै लुटाउँदै कुरा गर्छौ कन्येको

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment