मनभरि ब्यथा लुकाई हाँस्न खोज्दैछु

मनभरि ब्यथा लुकाई हाँस्न खोज्दैछु
चुरोटको धुवाँ उडाई बाँच्न खोज्दैछु



निष्ठुरीको याद भुल्न औषधि यो रोजें
चुरोटकै धुवाँभित्र बाँच्ने आधार खोजें
बैगुनीको याद भुलाई हाँस्न खोज्दैछु
चुरोटको धुवाँ उडाई बाँच्न खोज्दैछु

तिम्ले बिर्सी गएपछि साह्रै गाह्रो भयो
त्यसैबेलादेखि चुरोट साह्रै प्यारो भयो
चुरोटकै प्यारभित्र हाँस्न खोज्दैछु
यै धुवाँको सहारामा बाँच्न खोज्दैछु

मनभरि ब्यथा लुकाई हाँस्न खोज्दैछु
चुरोटको धुवाँ उडाई बाँच्न खोज्दैछु

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment