गजल ८ (मायाँ भन्दा मात मन पराउन थालेको छु)

मायाँ भन्दा मात साह्रै मन पराउन थालेको छु ।
बोत्तलको बिर्को खोली त्यहीं हराउन थालेको छु ।।

एक घुट्को पियो भने झमझम मात्र पार्ने,
 बोत्तल नै रित्तो पारी म कराउन थालेको छु ।।

तनै नधानिए पनि सिंहै जित्ने आँट आउँने,
 नसाभित्रै रमाएर नडराउन थालेको छु ।।

उनी मेरी छैन भने जीवनको के नै अर्थ !
नसामा नै डुबी शरीर नास गराउन थालेको छु ।।


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment