मेरो कुरा तिमीले कैल्यै मानिनौ ।
रीस जति खपेर बोल्न जानिनौ ।।
हुन्थ्यौ किन बिरानो मायाँ भए त,
मायाँ मेरो बुझिनौ, आफ्नो ठानिनौ ।।
थाकेर नै होला नि मायाँ दिएर,
पाखा लायौ झरेको फूल छानिनौ ।।
लाखौंबाट रोजेको मैले तिमीलाई,
इच्छा थियो जिन्दगी भर धानिनौ ।।
रातदिन तड्पेर बाँच्नु भन्दा म,
मर्थे बरु तैपनि छुरा हानिनौ ।।
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
No comments:
Post a Comment