गजल ७८ (पैसा–पैसा भन्दै मर्न नखोज् साला)

न्याय बेच्ने धन्दा गर्न नखोज् साला
त्यसैबाट खल्ती भर्न नखोज् साला


हाम्रै पसिनाले पालिएकाहरु
हामी माथि भ्रम छर्न नखोज् साला

जनसुरक्षाको बर्दीभित्र बसी
जनताको हक हर्न नखोज् साला

यति बेला तेरो ज्याला बढेको छ
पैसा–पैसा भन्दै मर्न नखोज् साला

जिम्मेवारी के छ, राम्रोसँग बुझ
भ्रष्टाचारी भई झर्न नखोज साला


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment