गजल ११ (राईफलको म्याग्जिनमा गोली भर्दैछु)

राईफलको म्याग्जिनमा गोली भर्दैछु म
शत्रुमाथि असिनाझैं बुलेट छर्दैछु म

LMG  र AK-47 चलाएर
सुरक्षाको घेरा तोडी अघि सर्दैछु म

ग्रिनेड फाल्दै, मोर्टारबाट बमहरु हान्दै,
दुश्मनमाथि जाइलागेर युद्ध गर्दैछु म

दोहोरो यो भिडन्तमा तातो गोली लागी,
थाह छैन कतिखेर आफै मर्दैछु म

बाँचेसम्म निडर भै बर्षाएर गोली
शत्रुमाथि विजयको सागर तर्दैछु म

ब्युँझिएर यता–उता हेर्दाखेरि आखिर,
उल्लूसरि रातभरि ड्युटी गर्दैछु म


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

2 comments: