गजल ४ (स्वार्थसँग राष्ट्रभक्त बिक्दै छ रे)

डलरका खातहरु झिक्दै छ रे उता
स्वार्थसँग राष्ट्रभक्त बिक्दै छ रे उता



गणतन्त्रमुखी देश भईसक्दा पनि
यथास्थितिवादीहरु टिक्दै छ रे उता


एकथरी आतंकको राँको सल्काउन
भित्र भित्रै युद्धकला सिक्दै छ रे उता


संबिधान लेख्न भनी गएका तीहरु
असह्मति बुँदाहरु लिख्दै छ रे उता


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment