गजल ६३ (यौवनको प्याला पिएर गएपछि)

‘नामर्द’को संज्ञा दिएर गएपछि
टुक्रिएर जाने     खिएर गएपछि
दमदार कडा       बनेर हिड्नुपर्छ
आफ्नो प्रेमै फिर्ता लिएर गएपछि

के चाहियो अरु त्यति त हो रहेछ
यौवनको प्याला पिएर गएपछि

बोल्ने बाटो के नै भयो र खुल्ला अब
मेरो मुख पूरै          सिएर गएपछि

‘राम्रो गर्दै जाऊ’ कामना गर्नैप¥यो
१ हिउँद सगै          जिएर गएपछि


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(प्रयासः ४ + २, ३ + ४ को)

No comments:

Post a Comment