गजल ३७ (मर्नेहरु मरे नि माटो सुध्रिएन)

मर्नेहरु मरे नि माटो सुध्रिएन
देश हिड्ने गरेको बाटो सुध्रिएन


भागबण्डा गरेर सँगै खाए पनि,
दाजु–भाईबीचको फाटो सुध्रिएन

न्याय बिक्ने बजार चलेकै छ यहाँ
यो देशको कानुनी पाटो सुध्रिएन

जनताले चिच्याए, बोल्न सिकाउदै
तर पनि किन खै ! लाटो सुध्रिएन

धनाढ्यको सपना बोक्नेहरुबाट
मिसावटी ढिंडो र आँटो सुध्रिएन


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment